Logo

एमालेले लुम्बिनी प्रदेशबाट पनि लियो समर्थन फिर्ता

काठमाडौं– नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका हुन्।

बिहीबार साँझ मुख्यमन्त्री महरालाई बुझाइएको उक्त पत्रमा अबका दिनमा राजनीतिक स्थायित्वको लागि सहमतिको सरकार गठनको पहल गरिएकोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट ५ जना मन्त्री सहभागी थिए। समर्थन फिर्तासँगै एमालेका मन्त्रीहरू पनि सबैले राजीनामा दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्