Logo

नौ वर्षीया बालिका यौन दुरुपयोग गर्ने ६५ वर्षीय वृद्ध पक्राउ

स्याङ्जा– नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका –११ भकभका बस्ने ६५ वर्षीय भीमबहादुर पौडेललाई प्रहरीले पक्राउ परेको हो । उनी विगत १५ महिनादेखि फरार थिए।

स्याङ्जा जिल्ला अदालतले २० चैत २०७९ मा बालिकालाई यौन दुरुपयोग गरेको पुष्टि गर्दै पौडेललाई ६ महिना १७ दिन कैद तोकेको थियो ।

जेल सजाय तोकिएपछि फरार पौडेललाई वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्