Logo

अजिङ्गरले निल्यो बिरामी बच्चाको लागि औषधि किन्न घरबाट निस्किएकी महिला

एजेन्सी– एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। मध्य इन्डोनेसियामा ती महिलाको पुरै शरिर अजिङ्गरले निलेको हो । आफ्नो बिरामी बच्चाको लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाती बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि परिवारले खोजी गर्न थालेको थियो ।

उनका श्रीमान् डियान्साले दक्षिण सुलावेसी प्रान्तको सितेबा गाउँमा रहेको आफ्नो घरबाट करिब ५०० मिटरपर जमिनमा श्रीमतीको को चप्पल र प्यान्ट फेला पारेका थिए । त्यसको केही समय पछि उनले बाटोबाट करिब १० मिटर टाढा एउटा सर्प देखे। अजिंगर जिउँदै थियो र त्यसको पेट धेरै ठूलो थियो । त्यो देखेपछि एडियान्सालाई श्रीमतिलाई अजिङ्गरले निलेको शंका लागेको थिए । उनले अजिङ्गरको पेट काट्न मद्दत गर्न गाउँलेहरूलाई बोलाए । पेट काटेर हेर्दा उनीहरूले सिरियातीको शव फेला पारेको स्थानीय प्रहरीले जनाएको छ ।

अजिङ्गर वा सर्पले हतपत मान्छेको सिकार गर्दैन। तर इन्डोनेशियामा एक महिनाभित्र यो घटनासहित दुई महिलालाई अजिङ्गरले निलेको छ। गत वर्ष एक किसानलाई घाँटी थिचेर खाएपछि बासिन्दाहरूले आठ मिटर अग्लो अजिंगरलाई मारेका थिए ।

वनफँडानीका कारण वन्यजीवको वासस्थान मासिएको हुँदा अजिङ्गर र मानिसबीच द्वन्द्व बढेको स्थानीय पर्यावरणवादी अभियानकर्मीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्