Logo

आजको सुनको मुल्य: १ लाख ४४ हजार ४ सय रुपैयाँ

काठमाडौं– शुक्रबार सुनको भाउ एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मुल्य तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको जनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ निर्धारण गरिएको थियो । यस्तै आज चाँदीको मुल्यमा पाँच रुपैयाँले वृद्धी भएको छ । महासंघका अनुसार बिहीबार तोलामा १८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्