एमालेले बागमती प्रदेशबाट आज समर्थन फिर्ता लिँदै


हेटौंडा– नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने तयारी रहेको एमालेले जनाएको छ । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् । माओवादीको तर्फबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाल प्रदेशको नेतृत्व गरिरहेका छन् ।