Logo

‘शिक्षकलाई तर्साएको छैन, शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेको हो,’ शिक्षा मन्त्री श्रेष्ठ

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले शिक्षकले राजनीति गर्दै हिंड्न नहुने कक्षा कोठामा हुनपर्ने बताएकी हुन् । उनले भनिन् ‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो भनेको हो,’ उनले भनिन् ।

सभामा सांसदहरूले शिक्षकलाई तर्साउन नहुने बताउँदा जवाफमा उनले जवाफ दिंदै उनले यस्तो बताएकी हुन् । ‘‘आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन,’ उनले भनिन् ।

सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् । यसकारण सामुदायिक विद्यालयका भन्दा कम तलब सुविधामा समेत निजीले राम्रो नतिजा दिन सफल भएको मन्त्री श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्