Logo

अवैध रूपमा सुनको कारोबार गरेको सूचनाको आधारमा भारतीय नागरिकको फ्‍ल्याटमा छापा

काठमाडौं– ललितपुरमा एक भारतीय नागरिकको फ्‍ल्याटमा प्रहरीले छापा मारेको छ।

अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा प्रहरीले छापा मारेको हो ।

त्यहाँबाट पाँच जनालाई पक्राउ समेत जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा भारत महाराष्ट्र साङ्ले जिल्ला घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका–८ बस्ने २० वर्षीय यसवन्त सुनार छन्।

उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

उनीहरूबाट १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७३० रुपैयाँ र सुन पगाल्ने मेसिन बरामद गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्