Logo

असार २८ मा विश्वासको मत लिँदै ‘प्रचण्ड’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेका ८ जना मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।

तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्