Logo

किएर स्टार्मर बेलायतका प्रधानमन्त्री बन्दै

एजेन्सी– बेलायतमा भर्खरै सम्पन्न आम निवार्चनपछि १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टी सत्ताबाट बाहिरिने पक्का भएको छ । आम निर्वाचनमा कन्जर्भेटिभलाई लेबर पार्टीले भारी मतले पराजित गर्दै सत्तामा आउने सुनिश्चित भएको हो।

यससँगै ६१ वर्षीय किएर स्टार्मर बेलायतका प्रधानमन्त्री बन्ने निश्चित भएको बिबिसीले जनाएको छ। शुक्रबार उनी प्रधानमन्त्री बनेसँगै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिरहेका छन्।

बेलायतको ‘हाउस अफ कमन्स’मा ६५० जना सांसदहरू हुन्छन्। बेलायतको संसदमा बहुमतका लागि ३२६ सिट आवश्यक हुन्छ। स्टार्मरको लेबर पार्टीले ४१२ सिट जितिसकेको छ। सत्तारूढ दल कन्जर्भेटिभ पार्टीले जम्मा ११९ सिट जितेको छ। लिबरल डेमोक्र्याट्सले ७१ सिट जितेको छ।अझै पनि केही सिटको मत परिणाम आउन बाँकी छ। पूर्णरुपमा मत परिणाम आउँदा पनि लिबर पार्टीले बहुमत आएको छ ।

हालका बेलायतका प्रधानमन्त्री ऋषी सुनकले पनि कन्जर्भेटिभ पार्टी पराजित भएको स्वीकारिसकेका छन्। उनले स्टार्मरलाई फोन गरी बधाई समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्