Logo

तीन वर्षअघि असार २८ मा सत्ताच्युत भएका ओलीले फेरी त्यहि दिन पाउलान् त सत्ता ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । सरकारबाट नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले एक हप्तापछि विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ ।
तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।

प्रचण्डलाई विश्वासको मत पाउन दुई तिहाइ मत आवश्यक पर्छ । कांग्रेसको प्रतिनिधि सभामामा ८९ र एमालेको ७८ सिट छ । प्रधानमन्त्री प्रचण्डको तर्फबाट यो बीचमा कुनै उथलपुथल भएन भने बाँकी १०८ सिटबाट प्रचण्डले विश्वासको मत नपाउने पक्का छ ।
यदि विश्वासको मत नपाएमा प्रचण्ड प्रधानमन्त्री पदबाट बाहिरिनु पर्नेछ । र कांग्रेस एमालेबीच भएको सहमतीअनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन देउवा शितलनिवास राष्ट्रपतिलाई भेट्न जानेछन् ।
असार २८ मा प्रचण्डले विश्वासको मत लिनु तीन वर्ष अघिको मितिसँग रोचक संयोग जुरेको छ । २०७८ असार २८ गते त्यहि दिन थियो । जुनदिन ओली प्रधानमन्त्रीबाट पदच्युत भएका थिए र देउवा जीवनकालको पाँचौँपटक प्रधानमन्त्री बनेका थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत गरेर २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गरी शपथ गराउन राष्ट्रपतिलाई परमादेश दिएको थियो ।

यसपटक भने असार २८ मा प्रचण्डले विश्वासको मत नपाएपछि ओलीलाई प्रधानमन्त्री बनाउन देउवा शीतल निवास जानेछन् । यदि असार २८ गते साँझसम्म राष्ट्रपतिले आह्वान गरेमा ओली तीन वर्षपछि असार २९ गते नै प्रधानमन्त्री नियुक्त हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्