‘हुनेवाला प्रधानमन्त्री ज्यु, तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा राजधानीका बाढीपिडित व्यवस्थापन गर्ने की !’


काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजधानीका बाढीपिडितलाई गिरिबन्धु टि स्टेटमा व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । निकट भविष्यमै प्रधानमन्त्री बन्दै गरेका ओलीलाई उनीसँग जोडिएको गरिबन्धु जग्गा प्रकरणमा व्यंग्यात्मक तरिकाले जोड्दै यसो भनेका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘केपी ओलीज्यू, काठमाडौंमा लगभग २,००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

काठमाडौंमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परेको परिवेशमा बालेनले यस्तो अनुरोध गरेका हुन् । ‘खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !’ उनको भनाइ छ, ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी रु उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधैं गरिरहने हो र? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ र?’