Logo

फेरी सुनको मुल्यको नयाँ रेकर्ड, एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत जेठ २५ गते सुनको मूल्यको नयाँ रेकर्ड बनेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ पुगेको छ। जुन पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्