Logo

कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

धनगढी– कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

उनको खोजतलास भइरहेको र हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । यस्तै कञ्चनपुरको बेलडाँगी गाउँपालिका ३ बस्ने अन्दाजी २३ वर्षका डम्मर चौधरी माछा मार्ने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको प्रहरी चौकी झिलमिला, कञ्चनपुरको टोलीले खोजी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्