Logo

किरिया बसिरहेको ठाउँबाट पनि निरन्तर जनताको सेवामा खटिँदै दुधपोखरीका लेखा अधिकृत

रासस

लमजुङ- तस्बीरमा हेर्नुहोस् त । पृती शोकमा एक पुरुष किरिया बसेका छन् । उनको शरिरमा वस्त्रको नाममा सेतो धोती छ । उनी काखमा ल्यापट र अगाडी फाइलकोृ चाङ राखेर काम गरिरहेका छन् ।
सरकारी कर्मचारीले जनताको सेवा राम्रोसँग आइरहेका हुन्छन् । तर लमजुङका नरेन्द्रराज घिमिरे भने किरिया बसिरहेको ठाउँबाट पनि काम गरिरहेका छन् ।

चालु आर्थिक वर्ष २०८०/८१ सक्किन लागेको छ । यससमयमा वर्षभरिका हिसाबकिताब मिलाउनुपर्ने हुन्छ । त्यसैले दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत गाउँपालिका र जनता समस्यामा नपरुन् भनेर घरबाट नै काम गरिरहेका छन् ।

घर राइनास नगरपालिका–१ साहिँलिटार भएका घिमिरेले यसैवर्ष बुबा र आमा गुमाए । पाँच महिनाअघि हृदयघातका कारण आमा गुमाएका उनले केहीदिन अघि बुबा पनि गुमाए । उनको बुबाको असार १९ गते ८२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

नेपाल सरकारको नियमानुसार किरिया बिदा १५ दिन बस्न पाइन्छ। तर गाउँपालिकाका एक्ला लेखा कर्मचारी भएकाले शोकमा डुबिरहेका बेला पनि उनी किरिया बिदामा चुपचाप घर बस्न सकेनन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग ल्यापटपलगायतका फाइल मागे र घरमा नै बसेर काम गर्न थाले ।

बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूँले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरे बताउँछन् । ‘पालिकामा लेखापाल पद रिक्त छ । त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ। कार्मचारी नहुँदा काम भएन भनेर किन पार्नु? वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्