Logo

शुक्रबार रातिदेखि बन्द भएको कर्णाली राजमार्ग सुचारु

काठमाडौं– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग आज मङ्गलवारबाट सुचारु भएको छ।

चार दिनदेखि पहिरो खसेर बन्द रहेको कर्णाली राजमार्ग खुलेको हो। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका थिए। यस्तै सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती भोग्नु परेको थियो।

कर्णाली राजमार्ग अन्तर्गत टिमुरे भिड, गाल्जे पिली, गगन खोला, एसमोड र हुल्म बजारलगायत १५ ठाउँमा पहिरो आएपछि कर्णाली राजमार्ग शनिबारदेखि बन्द रहेको थियो। कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आवत जावत गर्ने सवारी साधनहरू पनि अलपत्र परेका थिए।

 

प्रतिक्रिया दिनुहोस्