Logo

झुटा आश्वासन देखाएर विदेश पठाएको आरोपमा ५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का

काठमाडौं– वैदेशिक रोजगार विभागले पाँच सय भन्दा बढी वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ । युवाहरुलाई झुटा आश्वासन देखाएर विदेश पठाएको आरोपमा ५८४ म्यानपावर कम्पनीलाई विभागले कारबाही गरेको हो ।

विभागले एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगार विभागमा दर्ता भई हाल खारेज भएका ५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो। ती कम्पनीले अब रोक्का फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन वा अन्य कुनैपनि कारोबार गर्न पाउने छैनन्।

विभागका निर्देशक एवं प्रवक्ता गुरुदत्त सुवेदीले कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनी डेढ दशकदेखि सञ्चालन भएका जानकारी दिए। उनका अनुसार कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरिएको हो।

बिभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोवार रोक्का गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्