काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका दुईजनालाई घुससहित पक्राउ गरेको छ । नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित अख्तियारले पक्राउ गरेको हो ।
जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका– १२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिइएको हो । उनीहरुमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया