Logo

सुनको मुल्यको फेरी नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । यसअघि गत असार २३ गतेको रेकर्ड तोड्दै आज सुनले नयाँ रेकर्ड राखेको हो ।

असार २३ मा सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार तीन सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। हिँजो छापावाल सुन प्रतितोला एक लाख ४४ हजार नौ रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज एक हजार नौ सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो ।

बिहीबार एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज २० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्