Logo

झुक्किएर मुसा मार्ने विष सेवन गर्दा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

गुल्मी– झुक्किएर मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ। अर्की पाँच वर्षीया बालिकाको अवस्था गम्भीर छन्।

इस्मा गाउँपालिका वडा नं. १ हस्तिचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो। यस्तै, स्थानीय बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दिपशिखा सुनार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुधबार साँझ आमाहरु सपना र वसुन्धरा बारीमा कोदो रोप्न जाँदा उनीहरुपनि सँगै बारीमा गएका थिए । उनीहरुले बारीमा फोहोरसँगै फालिएको मुसाको विष भेटेका थिए । प्रिन्सा र दिपशिखाले खेल्ने क्रममा मुसा मार्न प्रयोग हुने विष फेला पारेर सेवन गरेका हुन्। उनीहरूले विष सेवन गरेको थाहा पाएपछि तत्काल उपचारको लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । प्रिन्सालाई बिहीबार बिहान ६ बजेतिर अस्पतालले मृत घोषणा गरेको थियो ।

विष सेवन गरेकी अर्की बालिका दिपशिखाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्