Logo

दक्षिण कोरिया बसेर फर्किसकेका कामदार पुनः कामको लागि कोरिया लान आवेदन आह्वान

काठमाडौं– वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया बसेर फर्किसकेका कामदार पुनः कामको लागि कोरिया जान पाउने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाबाट काम गरी वैधानिक रुपमा फर्केका कामदारलाई पुनः पठाउने भएको यो । सो प्रक्रिया अन्तर्गत उम्मेदवारको छनोट गर्न विशेष कोरियन भाषा परीक्षा हुने ईपिएसले जनाएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना निकालेर कोरिया गएर फर्केका कामदारलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको छ । ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै पुन कामदारका लागि कोरिया जान आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् । यसका लागि आगामी साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । यसको परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सूचना उल्लेख छ । परीक्षाको नतिजा असोज २१ गते प्रकाशन हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्