काठमाडौं । नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिबार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ।
माडी-१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन् । विकास वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बसमा सवार थिए ।
भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको प्रहरीले जनाएको छ ।
उनी काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए। शव भरतपुर अस्पतालको शव गृहमा छन्।
प्रतिक्रिया