स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य बनाउन लागेको भन्दै अन्तर्वाता दिएपछि सुरक्षा माग्दै मुकुल ढकाल


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री तथा हालका साधारण सदस्य मुकुल ढकालले स्वर्णिम बाग्लेबाट सुरक्षा माग गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै वाग्लेको सचिवालयबाट पटक पटक फोन आएको बताएका छन् । उनले लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनू लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

शनिबार राति हिमालय टेलिभिजनमा प्रसारित कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा टिकाराम यात्रीसँगको कुराकानीका क्रममा ढकालले रास्वपाका उपसभापति वाग्लेले नेपाललाई भारतीय राज्य बनाउन लागेको दाबी गरेका थिए । उनले रवि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेको केहि हप्तामा नै भारतीय राजदुतहरुसँग भेटेको बताएका थिए । सो भेटघाटको क्रममा वाग्लेले नेपाललाई भुटान बनाइदिने वा नेपाललाई भारतको राज्य बनाइदिने कुरा गरेको उनले बताएका थिए । आफुले गलत बोलेको भएमा लाइभ डिटेक्सन टेस्ट दिन समेत तयार रहेको मुकुलले बताएका थिए ।