काठमाडौं– अभिनेता अनमोल केसीले पछिल्लो चलचित्र ‘फर्की फर्की’मा अभिनयका लागि पाएको पारिश्रमिकबाट साढे ७ लाख रुपैयाँ कर तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले पारिश्रमिक र करको रसिदसहित अनमोलले सो रकम कर तिरेको जानकारी दिएका हुन् ।
उनले सार्वजनिक गरेको रसिदमा फर्की फर्कीमा अभिनय गर्न अनमोलले ५० लाख पारिश्रमिक लिएको र शो बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) ७ लाख ५० हजार रुपैयाँ नेपाल सरकारलाई कर तिरेको देख्न सकिन्छ । ‘फर्की फर्की’ मा अनमोलले ५० लाख लिएको चर्चा भएको थियो । तर यसको पुष्टी हुने आधार केही सार्वजनिक नहुँदा अनमोलको पारिश्रमिलाई लिएर विभिन्न हल्ला चल्न थालेको थियो । यसैबीचमा निर्माता अधिकारीले अनमोलले ५० लाख पारिश्रमिक बुझेको पुष्टि हुनेगरि कर तिरेको रसिद सार्वजनिक गरेका छन् ।
‘फर्कि फर्कि’ सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म हो । यो फिल्म गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया