गृहसचिव अर्यालले गरे सिमतलात पहिरोको स्थलगत अवलोकन


चितवन– गृहसचिव एकनारायण अर्यालले मुग्लीन–नारायणी सडक खण्डअन्तर्गतको सिमलतालमा पहिरो जाँदा दुईवटा बस बेपत्ता भएको स्थानको अवलोकन गरेका छन् । सचिव अर्यालसहितको टोलीले आइतबार सिमलताल पहिरोमा परि बेपत्ता यात्रु र बसको खोजी तथा उद्धारकार्यको स्थलगत अवलोकन गरेका हुन् ।

अवलोकनमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी छन् ।