Logo

सुनको मुल्यको फेरि नयाँ रेकर्ड

काठमाडौं– सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । सो सँगै सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।

यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । आइतबार एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन एक हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्