काठमाडौं– सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । ओलीले चौँथौ पटटक प्रधानमन्त्रीको पदमा सपथ लिँदा उनले तेस्रो पटक सपथ ग्रहणका क्रममा भनेको ‘त्यो पर्दैन’ को स्मरण भएको छ ।
आज नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए । उनलाई शपथ गराउने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले ‘ईश्वर वा देश र जनता’ नाममा शपथ लिन विकल्प दिए। ओलीले देश र जनताको नाममा शपथ लिए।
ओलीले तेस्रोपटक २०७८ वैशाख ३१ गते तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारीबाट शपथ ग्रहण गर्ने क्रममा ओलीले त्यो पर्दैन भनेका थिए । विद्यादेवी भण्डारीले शपय गराउने क्रममा म प्रतिज्ञा गर्छु की भनेर ओलीलाई ‘ईश्वर वा देश र जनता’ नाममा शपथ लिने विकल्प दिनु अघि नै ओलीले त्यो पर्दैन भनेका थिए । उनले शपथका क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द उच्चारण नै गरेनन्। ओलीको अभिव्यक्तिका कारण सर्वत्र विवाद भएपछि सरकारले सपथ सम्बन्धी कानुन नै ल्याएको थियो । शपथ सम्बन्धी ऐन २०७९ ले शपथ लिने व्यक्तिले आफूले ‘ईश्वर वा देश र जनता’ कसको नाममा शपथ लिने हो भन्ने जानकारी शपथ गराउने व्यक्तिलाई पहिला नै दिनुपर्ने व्यवस्था गरेको छ। २०७९ भदौ २८ गतेबाट उक्त ऐन लागू भएको छ।
यसअघि २०७९ पुस ११ गते प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गर्दा देश जनताको नाममै शपथ लिएका थिए। आज ओलीले पनि ईश्वरको नाममा नभइ देश र जनताको नाममा शपथ लिएका हुन्।
प्रतिक्रिया