Logo

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पहिलो निर्णयः क्यासर रोग निवारण रणनीति बनाउने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्री समक्ष जाहेर गरेका थिए । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचिन पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्