भौतिक पूर्वाधार मन्त्रीको पहिलो निर्णय: राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने


काठमाडौं– नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पदभार सम्हालेका छन् । उनले मन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।

उनले भदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेका छन् । एमालेबाट सरकारमा सहभागी उनको मन्त्रालयमा पहिलो यात्रा हो ।