Logo

लगातार सुनको भाउ बढ्दैः आज पनि नयाँ किर्तिमान

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार सुनको मुल्यको किर्तिमानलाई तोड्दै आज सुनको मुल्यमा नौ सय रुपैयाँले वृद्धी भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ पुगेको हो ।सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १०० रुपैयाँ कायम छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्