Logo

पछिल्लो पाँचदिनमा हरेकदिन रेकर्ड तोड्दै सुनको मुल्य, एक तोलाकै डेढ लाख पुग्यो

काठमाडौं– नेपाली बजारमा सुनको मुल्य झण्डै डेढलाख पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नयाँ किर्तिमान राख्दै छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुन एक लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमानी रेकर्ड बनाइरहेको छ । असार २८ गते १ लाख ४६ हजार सात सय पुगेर किर्तिमान राखेको सुनको मुल्यले सो दिन यता लगातार नयाँ किर्तिमान राखिरहेको छ ।

असार २८ गते शुक्रबार १ लाख ४६ हजार सातसय रहेको सुनको मुल्य आइतबार अर्थात् असार ३० गते स्थिर रहेको थियो । यस्तै ३१ गते अघिल्लो दिनको सुनको मुल्यको रेकर्ड तोड्दै सुनको मुल्य २०० रुपैैयाँले बढेर एक लाख ४६ हजार नौ सय पुगेको थियो ।

यस्तै साउन महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको मुल्यले पुन नयाँ किर्तिमान बनाएको थियो । सोमबारको तुलनामा सुनको मुल्यमा नौ सय रुपैयाँ वृद्धि हुँदा हिँजो १ लाख ४७ हजार आठसय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज बुधबारपनि मंगलबारकै रेकर्डलाई तोड्दै सुनको मुल्यमा २ हजारले बढेर करिब डेढलाख अर्थात् १ लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । सुन चाँदी व्यवसायी महासघंका अनुसार आज चाँदीको मुल्य पनि बढेको छ । मंगलबारको तुलनामा चाँदी मुल्यमा २० रुपैयाँ वृद्धी हुँदै आज प्रतितोला एक हजार ८९५ कायम भएको छ । हिँजो चाँदीको मुल्य एक हजार ८७५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्