चितवन पुरानाे मेडिकल कलेजको तेस्रो तलाबाट बिरामी हाम फाले


चितवन- चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

कलेज स्रोतका अनुसार ती बिरामी केही दिनदेखि अस्पतालमा उपचार गराइरहेका थिए । क्यान्सरको उपचार गराइरहेका ती बिरामीको ७० वर्ष माथि भएको जनाइएको छ ।

भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।