Logo

पर्वत समाज दक्षिण कोरियाले कोरियामा वृहत सांस्कृतिक तथा वनभोज कार्यक्रम सञ्चालन गर्दै

 

काठमाडौं– हरेक वर्ष वनभोज तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गदैए आइरहेको पर्वत समाज दक्षिण कोरियाले यस वर्ष पनि वृहत सांस्कृतिक कार्यक्रमसहित वनभोज कार्यक्रम सञ्चालन गर्ने भएको छ । गर्मी बिदाको अवसरमा २०२४ अगस्ट ३ र ४ गते सञ्चालन हुने पिकनिक कार्यक्रममा पर्वतलगायतका सम्पूर्ण नेपालीलाई उपस्थित हुन आयोजकले अनुरोध गरेको छ ।

 

खाफ्याङ्ग गुन, छाङ फ्योङ्ग मेन, देसङरी नामिटखिल ६ नामिटमिन फाकमा आयोजकले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा नेपाली परिकारहरुको साथमा कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रममा लोकदोहरी प्रतिष्ठान दक्षिण कोरिया टिमको साथमा लाइभ दोहोरी र विशेष प्रस्तुती रहने जनाइएको छ ।

तोकिएको छ ।

२००८ देखि समाज स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले हरेक क्षेत्रमा काम गर्दै आइरहेका पर्वतेली तथा नेपालीहरुलाई एक आपसमा जोडेर सहयोग गर्दै आएको समाजका अध्यक्ष दीपक केसीले बताए । कामका लागि कोरियाजाँदा कोरिया पुगेको दिनदेखि नै एक्लोपन महसुस हुने उनले सुन । परिवार र समाजबाट टाढिँदा एक्लोपन महसुस हुने भएकाले बिदाको समय पारेर आयोजना गरेको वृहत सांस्कृतिक तथा वनभोज कार्यक्रममा उपस्थिति जनाउन उनले सम्पूर्णमा आह्वान गरेका छन् ।

कार्यक्रममा लोक दोहोरी गायक तथा सर्जक प्रमोद भुषाल, अमृत चापागाई, सञ्जोक भुषालले प्रस्तुती दिनेछन् । यस्तै र्याप गायक आर्नस केसी (भान्जा), लोक दोहोरी गायिका अनु अधिकारी र विपना अधिकारीको प्रस्तुती रहने छ । कार्यक्रममा सहभागीता जनाउन पुरुषलाई ९० हजार वन, महिलालाई ७० हजार वन र कपललाई एक लाख ५० हजार वन शुल्क

 

प्रतिक्रिया दिनुहोस्