Logo

गायक शिव परियारले पाए ‘छिन्नलता’ गीत पुरस्कार, युवातर्फ गायिका मेनुका पौडेल पुरस्कृत

काठमाडौं– गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२ औं जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान पुर्‍याएका सर्जक र कलाकारलाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरेका छन् ।

२०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीत मनराजा नकर्मी र गायन पुरस्कार शिव परियारले पाएका छन् । यस्तै युवातर्फ गायिका मेनुका पौडेल छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत भइन् ।

यसैगरी २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायिका मनिला सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका छन् ।

छिन्नलता गीत, संगीत र गायन पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ भने युवा पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्