काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाएको छ भन्ने कुरा राम्रो हिन्ट भएको टिप्पणी गरेका छन् । आफ्नो पार्टीले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको ‘नीति मन्थन’ (मौद्रिक नीतिबारे अन्तरक्रिया) लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
निवर्तमान गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले कांग्रेस र एमाले मिलेर सरकार बनाएकोप्रति लक्षित गर्दै अब भागबण्डाको राजनीति झनै खुलेआम हुने दाबी गरे । उनले नेपाल देश कसले चलाएको छ भन्ने कुराको राम्रो हिन्ट आफूहरुले पाएको दाबी गरे ।
उनले आफूहरुले यो अवधिमा सरकारमा सहभागिता जनाउँदै गर्दा चार वटा मन्त्रालय लिएर चार जना भ्रष्टहरुलाई रोकेको जस्तो लागेको अनुभव पनि साझा गरे । उनले संसद्मा आफ्नो दलको संख्या २१ लाई उल्लेख गर्दै सदनमा पनि २१ जना भ्रष्टलाई जानबाट रोकेको टिप्पणी गरे । उनले अहिले समाजमा राजनीति र सरकार बदनाम भएको बताए ।
प्रतिक्रिया