सर्पले डस्दा दाङमा एक किशोरीको मृत्यु


दाङ– सर्पले डस्दा दाङमा एक किशोरीको मृत्यु भएको छ। सर्पदंशबाट राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो ।

रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार बेलुकीपख दाहिने हातमा विषालु सर्पले डसेको थियो। त्यसपछि उनलाई उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा पुर्‍याइएको थियो।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।