एजेन्सी– भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै रिल बनाउने क्रममा खसेर एक सोसल मिडिया इन्फ्लुएन्सरको मृत्यु भएको छ । मुम्बईकी अन्वी कामदारको महाराष्ट्रको रायगढस्थित कुम्भे झरनामा रिल बनाउने क्रममा मृत्यु भएको हो ।
कुम्भे झरनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अन्वी जुलाई १६ मा आफ्ना साथीहरूसँग घुम्न गएकी थिइन्।
उनी त्यहाँ पुगेर इन्स्टाग्राम रिल बनाउने क्रममा उनी झरनाबाट ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्।
उनी झरनाबाट खसेछि घाइते भएकी थिइन् । अन्वीलाई करिब ६ घण्टापछि खाल्डोबाट निकालिएर अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
२७ वर्षीय अन्वी कामदार सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन्। उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन्। चार्टड एकाउन्टेन्टसमेत रहेकी अन्वी घुमफिर गर्ने सौखिन थिइन् । उनी ट्राभलर गरेर रिल र ब्लग बनाउने गर्थिन् । सोहि क्रममा उनी महाराष्ट्र पुगेकी थिइन् ।
प्रहरीले जुलाई १६ को बिहान ९ बजेतिर चिप्लो बाटोका कारण अन्वीको खुट्टा चिप्लिएर झरनामा खसेको बताएको छ।
प्रतिक्रिया