Logo

पहिरोसँगै सेती नदीमा बग्नबाट जोगियो बझाङबाट काठमाडौं‌ आइरहेको बस

काठमाडौं‌– पहिरोसँगै आएको लेदोमा बग्नबाट शुक्रबार एउटा बस जोगिएको छ । शुक्रबार बझाङबाट काठमाडौं‌ आइरहेको खप्तड मालिका यातायातको बस दुर्घटनाबाट जोगिएको हो । जयपृथ्वी राजमार्गअन्तर्गत छविस पाथिभेरा गाउँपालिकाको मटेला भ्यागुतेखोला नजिकै गए राति पहिरो खसेको थिए । पहिरो पन्छाएर अवरुद्ध भएको राजमार्ग खुला गरेपछि जाममा परेका गाडीहरू गुडाउने तरखर हुँदै थियो।

सोहि क्रममा उक्त बस स्टार्ट भएर अलिकति अघि बढ्ने बित्तिकै पुन पहिरो खसेको थियो । पहिरोले बसको अगाडिको भागलाई ठक्कर दियो तर पहिरोले ठुलो नोक्सानी भने गरेन । यदि सो पहिरोमा बस परेको भए सडकभन्दा तल रहेको सेती नदिमा बस खस्ने थियो । थोरै समयले सिमलताल दुर्घटनापछिको ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस असार २८ मा त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार थिए । सोमध्ये तीनजनाले त्रिशुलीबाट निस्किएर ज्यान गुमाएका थिए । घटनामा हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्