काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको नाममा मिडिया ट्रायल भएको भन्दै घोर आपत्ति जनाएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सन्दीप लामिछानेको नाम नलिईकन उनलाई भिसा चाहियो भनेर सडक र सदनबाटै मागिएको भन्दै प्रश्न उठाईन् । उनले उपसभामुखरानामाथि मानव तस्करको गम्भीर आरोप लगाएको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरण के तस्कर हो? भनेर भन्नपनि सुझाईन् ।
तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उनले भनिन्, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’
उनले उपसभामुख राना धेरै अप्ठ्यारोबाट यहाँसम्म आईपुगेको भन्दै हेप्न नखोज्नपनि चूनौति दिईन् । आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै रास्वपा सांसद सुमनाले भनिन्, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’
प्रतिक्रिया