
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई कानुनी दायरमा ल्याउने प्रतिवद्धता जनाउँदै गर्दा पूर्व मन्त्रीले संसदमा नै आफुले घुस तिरेको बताएका छन् । आइतबार प्रधानमन्त्रीको विश्वास मतका लागि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसदसमेत रहेका पूर्व वन मन्त्री वीरेन्द्रप्रसाद महतोले आफुले घुस बताएका हुन् ।
उनले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको संसदमै बताएका छन्। छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएको र ५ हजार रुपैयाँ घुस दिएपछि सहजै काम बनेको उनले प्रतिनिधि सभा बैठकमा सुनाए।
‘म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ? मेरो छोराको समकक्षता गर्नुपर्ने थियो, मैले ११ बजे पठाएको ३ बजेसम्म यो मिलेन त्यो मिलेन भने। म आफै गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भने,’ उनले भने, ‘कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं।’
उनले देशमा तलदेखि माथिसम्म बिचौलिया र भ्रष्टाचारले जरो गाडेको समेत बताएका छन् ।














प्रतिक्रिया