Logo

चलचित्र ‘सतिदेवी’ को जुम्राको ठुङ मार्ने फोटो प्रतियोगिता, विजेतालाई २० हजार रुपैयाँ पुरस्कार

काठमाडौं– नेपाली कथानक चलचित्र ‘सतिदेवी’ ले जुम्राको ठुङ मार्ने फोटो प्रतियोगिता गर्ने भएको छ । भदौ ७ मा प्रदर्शनमा आउन लागेको चलचित्रले उक्त फोटो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

प्रतियोगितामा महिलाहरुले सहभागिता जनाउन सक्नेछन् । फोटो प्रतियोगितामा सहभागिता जनाउन लहरै जुम्रा हेरेको एउटा फोटो खिच्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुने फोटोलाई रु २० हजार, दोश्रोलाई १० हजार र तेश्रो स्थान हासिल गर्ने फोटो ५ हजार पुरस्कारको घोषणा गरिएको छ ।
उक्त फोटोमा ‘फिल्म सतिदेवी–०७ भदौबाट प्रर्दशनमा आउँदैछ’ लेखेर प्रतियोगिले आफ्नो सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राममा सेयर गरेर फिल्मको अफिसियल फेसबुक पेजमा ट्याग वा मेन्सन गर्नुपर्नेछ ।

प्रतियोगिता साउन ३१ को मध्यरातीसम्म मान्य रहने जनाइएको छ । प्रतियोगितामा विजेताहरुको नाम र फोटो भदौ ३ मा सार्वजनिक गर्ने र सोही दिन अनलाइनबाट पुरष्कृत राशी उपलब्ध गराउने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्