१४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ


काठमाडौं– नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी मधेश प्रदेशका छन् । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मधेशमा पक्राउ पर्ने मात्रै ५ हजार १० जना छन् । यो जम्मा समातिएका आरोपीको ३३.९३ प्रतिशत हो ।

यस्तै, कोशीमा २ हजार २७८, लुम्बिनीमा २ हजार १०५, बागमतीमा १ हजार ६५६, उपत्यकामा १ हजार ५४६, गण्डकीमा १ हजार १७६, सुदूरपश्चिममा ६१९ र कर्णालीमा ३७४ जना पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा फरार रहेकाको खोजीसँगै फैसला कार्यान्वयनका लागि प्रहरीले प्राथमिकतामा दिँदै आएको कार्की बताउँछन् । त्यही अन्तर्गत फरार आरोपीलाई पक्राउ गर्ने गरिएको उनले बताए ।