
चितवन– चितवनमा मृत गैँडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव वस्तिमा गैँडा मृत अवस्थामा भेटिएको हो ।
निकुञ्जका पशु चिकित्सक डा. विजय कुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वार स्थित मकैवारिमा मरेको गैँडा भेटिएको हो ।
गैँडा बूढो भएर मरेको उनले बताए । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको आजै पोस्टमार्टम गरिने जनाइएको छ ।
प्रतिक्रिया