Logo

बङ्गलादेशबाट एक हजार तीन सय विद्यार्थी स्वदेश फर्किए, सबै सुरक्षित

फाइल फोटो

काठमाडौं– बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा बंगलादेशका विद्यार्थीको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु नेपाल फर्किएका हुन् । विद्यार्थीहरुको आन्दोलनपछि आइतबार सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ७ प्रतिशत कोटा प्रणालीबाट र ९३ प्रतिशत खुला प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको छ ।

सो पछि सोमबार बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । आन्दोलनमा विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्ति दिनपर्ने उनीहरुले सरकारलाई अल्टिमेटम दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्