बच्चालाई सेक्न बालिएको आगोको धुवाँमा निसास्सिएर दिदीबहिनीको मृत्यु


सुर्खेत– जुम्लामा आगोको धुवाँले निसास्सिएर सुत्केरी महिला र उनकी बहिनीको मृत्यु भएको छ । पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकायाको धुवाँमा निसास्सिएर मृत्यु भएको हो ।

मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । उनीहरुले बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको थिए । उक्त आगोको धुवाँले उनीहरु निसास्सिएका थिए ।

घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारकका क्रममा सोमबार सुत्केरी खिखि मायालक्ष्मी र मंगलबार बिहान बहिनी जुनमायाको मृत्यु भएको हो । यस्तै ११ दिने शिशुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।