ललितपुर– ललितपुरमा एक जनामा हैजा पुष्टिमा भएको छ । .शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उनमा हैजा पुष्टि भएको हो।
त्यस्तै, सोही ठाउँबाट आएका एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । उनी हाल आइसियुमा उपचाररत छन् । उपचारका लागि चार जना आएको र दुईजना भने अस्पतालबाट भागेको उनले बताए ।
पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौलाले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा अन्य ठाउँमा फैलन नदिन हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।
प्रतिक्रिया