काठमाडौं– काठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । छात्रवृत्तिका आवेदक ११ हजार आठ सय ७१ जना विद्यार्थीमध्ये ११ हजार दुई सय ८१ जनाको आवेदन स्वीकृत भएको थियो ।
विज्ञान विषयका लागि एक हजार सात सय ५७ वटा छात्रवृत्ति कोटा रहेकोमा ६ हजार सात सय २० जना उत्तीर्ण भएका छन् । व्यवस्थापन विषयमा दुई हजार चार सय ९३ वटा छात्रवृत्ति कोटा रहेकोमा एक हजार तीन सय ८१ जना उत्तीर्ण भएका छन् । यस विषयका दुई जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।
कानुन विषयमा एक सय ३६ वटा छात्रवृत्ति कोटा रहेकोमा ७३ जना उत्तीर्ण भएका छन् । मानविकी विषयमा ७३ वटा छात्रवृत्ति कोटा रहेकोमा आठ जना उत्तीर्ण भएका छन् । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा रहेकोमा १५ जना उत्तीर्ण भएका छन् ।
नतिजामा दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेबसाइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर पर्सि बिहीवार बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिने महानगरले जनाएको छ ।
प्रतिक्रिया