Logo

भारतले सुनको भन्सार शुल्क घटाउने गरि बजेट ल्याउँदै, नेपालमा तस्करी बढ्न सक्ने

काठमाडौं– भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने भएको छ । भारतको वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा भन्सार शुल्क घटाउने घोषणा गरिएको छ ।

बजेट भाषणमा ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको’ बताइएको छ । प्रस्तावित भन्सार दर सुन र चाँदीमा ६ प्रतिशत कायम गर्ने उल्लेख छ ।

भन्सार दर घटेपछि भारतमा सुन र चाँदीको मूल्य अहिलेको तुलनामा घट्नेछ । हाल भारतीय बजारमा सुनको मुल्य प्रति १० ग्राम ७३ हजार ५८० भारु ( लाख १७ हजार ७२८ रुपैयाँ) छ । नेपाली बजारमा भने प्रति १० ग्राम सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ ।

हाल भारतमा सुनको मुल्य प्रति १० ग्राममा ७ हजार ७०२ रुपैयाँ छ । भारतमा भन्सार दर घटेमा नेपाल र भारतको मुल्यान्तर झनै बढ्नेछ । भारतमा नेपालको तुलनामा सुनको मुल्य कम भएपछि नेपालमा सुनको तस्करी थप बढ्न सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्