मोरङ– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिटको धम्की दिएको एक कर्मचारीले उजुरी दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कुटपिटको धम्की दिएको भन्दै जिल्ला प्रसासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।
सोमबार ४ बजेर ५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । भुक्तानीको विषयलाई लिएर फोनमार्फत पूर्वमुख्यमन्त्री कार्कीले ‘कुट्छु, शौचालयमा थुन्छु’ लगायतको धम्की दिएको उनको आरोप छ ।
पूर्वमुख्यमन्त्री कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिएको उनले बताएका छन् । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानीको लागि सहमति नदिएपछि आफूले निकासा दिन नसक्ने जानकारी गराउँदा कार्कीले धम्की दिएको उनको भनाइ छ ।
प्रतिक्रिया