बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त


काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । आज (मंगलबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमालेको सरकार निर्माण भएको हो । मंगलबारै बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।