Logo

नेपालगन्ज नाकाबाट एक अर्ब रुपैयाँ बढीको आलु आयात

पर्सा– नेपालगन्ज नाकाबाट मात्र गत आर्थिक वर्षमा एक अर्ब ११ करोड रुपियाँ बढीको आलु भारतबाट आयात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपियाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा १८ करोड रुपियाँको आलु आयात वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्